चुम्बन र बलात्कार दृष्यले राखी दिक्क — OSNepal

चुम्बन र बलात्कार दृष्यले राखी दिक्क

LC (KTM) July 25, 2022 0

मुम्बई ।

बलिउड अभिनेत्री तथा आईटम डान्सर राखी सावन्तले आफन्त नभएकै कारण आफुले बलिउड राम्रा फिल्ममा शिर्ष भूमिका नपाएको बताएकी छिन् । आफुलाई चुम्बन दृष्य, बलात्कारका दृष्यहरुका लागि निर्देशकहरु छान्ने गरेकाले यस्तो दृष्य दिनबाट आफु दिक्क भएको उनको गुनासो छ ।

भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी छिन्,‘मैले धेरै फिल्म र वेब सिरिजमा काम गरेको छु । तर मैले सधैं बलात्कार दृश्यहरू मात्र पाएँ । किसिङ सीन, रेप सीन, यी सब अब मैले किन गर्ने रु बरु म अझै राम्रो नाच्न सक्छु ।’

राखीले भनिन्, ‘मैले केही आइटम गीत पनि गरिसकेको छु । म राम्रो अभिनेत्री हुँ । राजधानि दैनिकमा खबर छ । अभिनय गर्ने मौका नपाउँदा मिडियाको अगाडि अभिनय गर्छु ।’ यदि निर्देशकलाई आफुलाई यी सबै कार्य भन्दा माथि उठेको देख्न चाहेमा आफुलाई शिर्षथ र राम्रो भूमिका प्रस्ताव गर्न पनि उनले आग्रह गरेकी छिन् ।

परिवारको ’दयगतमा कुरा गर्दै, उनी भन्छिन्,‘हाम्रो बुबा, हजुरबुबा कोही पनि बलिउड पृष्ठभूमिका हैनन् । त्यसैले म संघर्षरत छु’ राखी अगाडि थपिन्, ‘मेरा बुवाले कहिल्यै बलिउडमा काम गर्नुभएन । सोही कारण पनि मैले राम्रो काम नपाएकोमा दुईमत छैन ।’

बिग बोको १५ औं सृँखलाकी राखी सावन्तले न्यूज १८ लाई दिएको अन्तर्वार्तामा आफ्नो जीवनमा भोग्नु परेको समस्याको ’दयगतमा बताइन् । आफुलाई त्यतिबेला मानिसहरुले ट्रोल मात्र गरे तर सहयोग सायहोग गर्न कोही नआएको उनले बताइन् । अहिले आफूले गरेको काममा उनलाई गर्व छ । राखीले बलिउडमा आउन निकै मेहनत गरेकी छिन् ।

चर्चामा रहनका लागि राखीले हरेक दिन कुनै न कुनै मसाला खोज्छिन् । राखीले केही यस्तो बयान दिएकी छिन्, जसका कारण उनी हेडलाइनमा आउँछिन् र ट्रोल पनि भइन् । हालै एक अन्तर्वार्तामा राखीले ट्रोलिङलाई लिएर प्रतिक्रिया दिएकी छिन् । यति मात्र होइन राखीले आफ्नो संघर्षका दिनलाई सम्झँदै केही रहस्य पनि खुलाइन् ।

राखी सावन्तले सामाजिक सञ्जालको नकारात्मकताको वास्ता नगर्ने बताइन् । राखी भन्छिन् कि ट्रोलले उनलाई गाली गर्न सक्छ । तर हानी गर्न सक्दैन। त्यसैले उनलाई केही फरक पर्दैन । यससँगै राखीले अलिकति ट्रोलिङ पनि राम्रो हुने बताइन् । ’अबगकभ यसले सम्बन्धित व्यक्तीलाई सुधार्न मद्दत पुग्ने उनको कथन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर