यी भारतीय अभिनेताले दिएका रहेछन् कट्रिना कैफ र विक्की कौशललाई धम्की — OSNepal

यी भारतीय अभिनेताले दिएका रहेछन् कट्रिना कैफ र विक्की कौशललाई धम्की

LC (KTM) July 25, 2022 0

काठमाडौं ।:

कट्रिना कैफ र उनका पति विक्की कौशललाई धम्की दिने व्यक्ति समातिएका छन् । मनविंदर सिंह नामका ति युवकलाई प्रहरीले अहिले खोजी गरी हिरासतमा समेत लिएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

मनविन्दर पेशाले संघर्षरत अभिनेता भएको र उनी बलिउड अभिनेत्री कट्रिना कैफका ठूला फ्यान भएको र कट्रिनासँग बिहे गर्न चाहेका कारण क्याट्रिनालाई बिक्कीले विबाह गरेपछि यसरी बदला लिने दाउमा रहकेो अनुसन्धानबाट खुलेको छ ।

भारतीय प्रहरीका अनुसार उनले सामाजिक सञ्जालमा कट्रिना र विक्की कौशललाई लगातार उत्पीडन गरिरहेका थिए । समातिएका युवक मुम्बईमा बस्दै आएको र उनीसँग यु विषयमा थप सोधपुछ चलिरहेको बताइएको छ ।

कट्रिना र विक्कीको कुरा गर्ने हो भने, दुवै फ्यानको मनपर्ने जोडी हुन् । कट्रिना हालै माल्दिभ्समा आफ्नो पति र नजिकका साथीहरूसँग जन्मदिन मनाएपछि फर्किएकी छिन् । कट्रिना र विक्कीले आफ्नो सिजलिङ केमेस्ट्रीका साथ फ्यानहरूलाई कपल गोल दिन्छन्। स्टार जोडीलाई धम्की आएपछि भारतीय प्रहरीलाई समेत दबाब परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर