‘छक्कापञ्जा ४’ बाट बाहिरिए पनि शुभमुर्हूतमा शुभकामना दिन फूल लिएर दिपक दीपालाई भेट्न पुगे जितु — OSNepal

‘छक्कापञ्जा ४’ बाट बाहिरिए पनि शुभमुर्हूतमा शुभकामना दिन फूल लिएर दिपक दीपालाई भेट्न पुगे जितु

LC (KTM) July 25, 2022 0

काठमाडौं :

हास्य कलाकार जितु नेपाल ‘छक्का पञ्जा ४’ मा नदेखिने भएका छन् । दीपाश्री निरौला र जितु नेपालबिच भएको आपसी मनमुटाबका कारण सायद जितु यो भागमा नभएको हुनसक्ने धेरैको अनुमान छ । यहि बच आज गरिएको फिल्मको शुभमुर्हूतमा पुगेर जितुले शुभकामना दिएका छन् । उनले फूल लिएर भक्तपुर पुगेका थिए ।

यहि बिच कलाकार दिपकराज गिरीले आपसी दुस्मनी वा मनमुटाब भएर जितु यो भागमा नभएको होइन भन्दै उनले कथाले कुन पात्र माग्छ कुन माग्दैन भन्ने रहेको र सबै भागमा एउटै कलाकार नदोहोराएको उनले बताएका छन् । मुख्य कुरा त हामी सेटमा भेटिँदा वा चलचित्र गर्दा मात्र ओहो भन्ने मित्र होइनौँ ।

’मनमुटाब भएको भए उहाँ यहाँसम्म शुभकामना दिन पनि आउनु हुन्न थियो होला नि भनेर दिपकले प्रश्न गरेका छन् । यो चौथो संस्करणलाई भने निर्देशक हेमराज बिसीले निर्देशन गर्ने भएका छन् । चलचित्रमा कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, राज आचार्य, बेनिशा हमाल, मलिना जोशी र केदार घिमिरे ९माग्ने बूढा० अनुबन्धित भइसकेका छन् । चलचित्र यसै असोज महिनामा रिलिज हुने निर्माण टिमको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर