सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय रमेशकुमारको मृत्यु — OSNepal

सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय रमेशकुमारको मृत्यु

LC (KTM) July 25, 2022 0

जनकपुरधाम, ९ साउन:

सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामनगर गाउँपालिका–५ का २२ वर्षीय रमेशकुमार यादव रहेका छन् ।

गिटी लोड गरेको ना७त १७३५ नम्बरको ट्याक्टरले धनकौल गाउँपालिका–२ स्थित मधुवनी सडक खण्डमा आइतबार राति ठक्कर दिँदा बीआर ३० क्यू ४१०२ नम्बरको मोटरसाइकलमा सवार यादवलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर