नितिनको सन्देश मुलक गीत ‘जिन्दगीमा’ सार्वजनिक — OSNepal

नितिनको सन्देश मुलक गीत ‘जिन्दगीमा’ सार्वजनिक

LC (KTM) July 25, 2022 0

काठमाडौँ । लोकप्रिय गायक नितिन गजुरेलको नयाँ गीत ‘जिन्दगीमा’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार पारिएको गीत गायनमा नितिनलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।

मुनाल शिशिर कोइरालको शब्द तथा राजेश थापाको संगीत रहेको गीतको भिडियोमा भने बलात्कार बिरुद्धको सन्देश समेटिएको छ । भिडियोमा बलात्कार जघन्य अपराध हो । बलात्कृत नारीले आत्मसम्मान र स्वाभिमानका साथ जिउन पाउनुपर्छ भनिएको छ । बलात्कारको पिडा बालत्कारीले नभएर स्वयंक बलाकृत नारीले भोग्छे भनेर समेत देखाउन खोजिएको भिडियोमा विजु पार्की र सुनिशा बजाजको मुख्य अभिनय रहेको छ ।

भिडियोले कथा मार्फत सबैले बलात्कृत महिलालाई हेर्ने आफ्नो सोच बदल्न सक्यो भने समाज आफै बदलिन्छ भनेर बुझाउन खोजिएको छ । भिडियोमा बालकलाकार ईशब घिमिरेको समेत अभिनय छ ।

सफल मोसन पिक्सचरले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायांकन रहेको भिडियो विष्णु खड्काले सम्पादन गरेका छन् । भिडियोका निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् ।गीत तथा भिडियो बलात्कारको बिषयमा सामाजिक सन्देश दिन निर्माण गरेको गायक नितिनले बताए । गीतले समाजमा बलात्कारको बिषयमा चेतनाको बिस्तार गर्ने विश्वास आफुले लिएको नितिनले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर