मेस्सी, नेयमार र एम्बाप्पेको गोलमा पिएसजी विजयी — OSNepal

मेस्सी, नेयमार र एम्बाप्पेको गोलमा पिएसजी विजयी

LC (KTM) July 25, 2022 0

काठमाडौं, ८ साउन –

प्रि– सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको पिएसजीले तेस्रो जित निकालेको छ ।सोमबार भएको खेलमा पिएसजीले जापानीज क्लब गाम्बा ओसाकालाई ६–२ अन्तरले पराजित गर्याे ।

पिएसजीको जितमा नेयमारले दुई गोल गरे । यस्तै, लियोनल मेस्सी, केलियन एम्बाप्पे, नुनो मेन्डिस र पाब्लो सरबियाले समान एक एक गोल गरे ।

पहिलो हाफमा ४ गोल गरेको पिएसजीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । यस्तै, ओसाकाको लागि केइसुके कुरोकावा र हिरोतो यमामीले एक एक गोल गरे ।यस खेलसँगै पिएसजीको जापान टुर सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर