विदेशमा रहेका पतिलाई झुक्याएर गाउँमा करोड उठाएर मामा पर्नेसँग भागेकी पत्नि समातिएपछि प्रहरीको जिम्मा लगाए यी पतिले — OSNepal

विदेशमा रहेका पतिलाई झुक्याएर गाउँमा करोड उठाएर मामा पर्नेसँग भागेकी पत्नि समातिएपछि प्रहरीको जिम्मा लगाए यी पतिले

LC (KTM) July 26, 2022 0

काठमाडौँ ।

मोरगंको उर्लाबारिका योगेन्द्र तामागं वैदेशिक रोजगारीमा रहेका बेला उनकी पत्निले कैयौँ स्थानीयहरुसँग करोडौँ रकम उठाएर फरार भएपछि उनी समातिएकी छिन् ।

योगेन्द्र वैदेशिक रोजगारिमा रहेको मौका छोपेर उनकी पत्नि टाँडीको रुद्र नाम गरेका युवकसँग फरार भएपछि योगेन्द्र विदेशबाट नेपाल आउन बाध्य बने । योगेन्द्रकी पत्निले ति परपुरुषलाई मामाको साइनो लगाउँथिन् ।

योगेन्द्रका १५ वर्षका छोराले आँफुलाई डर लागेको कारण आँफुले आफ्नी आमाको हर्कत बाबुलाई नभनेको बताएका छन् ।

योगेन्द्र र युट्युबर किशोर श्रेष्ठले काठाडौँ आएर उनी लुकीरहेको स्थानमा पुगेर समातेर लगेर जिल्ला प्रहरी कार्यालउय मोरगंको जिम्मा लगाइएको छ । ठगी गर्ने ति महिलालाई ठूलो संख्यामा उपस्थित स्थानीयहरुले घेरेर आफ्नो पैसा मागेका छन् । हेर्नुहोस् भिडियो

भदौ १ बाट ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलामा प्रतिबन्ध : सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्धमा लगाउने घोषणा गरेको छ ।

वातावरण विभागले एक सूचना प्रकाशित गरी भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने भएको छ ।

सरकारको निर्णय विपरित ४० माईक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रयोग उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने विभागले जनाएको छ ।

यसअघि पनि सरकारले पातला प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर