टिकटक बनाउने क्रममा चिप्लिएर कुपिण्डे तालमा बस्नेत बेपत्ता, गोताखोरको टोली नभएपछि ताल भित्र खोज्न समस्या — OSNepal

टिकटक बनाउने क्रममा चिप्लिएर कुपिण्डे तालमा बस्नेत बेपत्ता, गोताखोरको टोली नभएपछि ताल भित्र खोज्न समस्या

LC (KTM) July 26, 2022 0

सल्यान :

टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका –६ का अन्दाजी ३७ वर्षीय बेद बहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस्नेतको घर कपुरकोट गाउँपालिकाको सिनवाङ रहेको छ । मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका बस्नेत अहिले सम्म फेला नपरेको बताइएको छ ।

प्रहरीले खोजी कार्य जारी राखेपनि गोताखोरको टोली नभएपछि तालभित्र खोज्न समस्या भएको बताइएको छ ।

यो पनि -प्रमुख प्रतिपक्षी दल एमालेले मंकीपक्स, हैजा र कोभिडबारे सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर एमाले सांसद योगेश भट्टराईले मंकीपक्स, हैजा र कोरोनाभाइरस संक्रमण महामारीको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

२३ जुलाईमा विश्व स्वास्थ्य संगठनले मंकीपक्सको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको भन्दै उनले यसबाट बच्नका लागि सरकारले कुनै कदम नचालेको आरोप लगाए ।

विश्वभर १८ हजार १९४ जना मंकीपक्सका संक्रमित रहेका र पाँच जनाको मृत्यु भइसकेको भन्दै सांसद भट्टराईले सीमानाकासहितका स्थानमा सावधानी नपनाएको बताए ।

साथै मंगलबार बिहानसम्म काठमाडौं उपत्यकामा ३४ जना हैजाका बिरामी रहेका र हैजा नियन्त्रणमा पनि सरकारले कुनै काम गर्न नसकेको उनको आरोप छ ।

पछिल्लो केही दिनयता कोरोनाभाइरस संक्रमण पनि बढ्दै गएको भन्दै उनले कोभिड नियन्त्रणका लागि पनि सरकारबाट कुनै काम नभएको बताए । तत्काल मंकीपक्स, हैजा र कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक कार्य गर्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर