गृहमन्त्री अधिकारीको सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल — OSNepal

गृहमन्त्री अधिकारीको सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल

LC (KTM) June 20, 2021 0

काठमाडौँ ६ असार । गृहमन्त्री खगराज अधिकारीले आज सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन् । भर्चुअल माध्यमबाट सुरु भएको बैठकमा मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड-१९ संकटको व्यवस्थापन तथा नियन्त्रणको विषयमा छलफल भएको जनाइएको छ ।

बैठकमा वर्षायाम सुरु भएसँगै सुरु भएको विपद्को‌ विषयमा पनि छलफल भएको साथै प्रहरी समायोजनको काम छिट्टै सक्ने गरी संघीय प्रहरी ऐन चाँडो ल्याउने विषयमा पनि छलफल भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर