बजेट निमार्ण प्रकरणमा मुछिएका रघुनाथ घिमिरे सम्पर्कविहीन, भागेर दुबइ पुगेको अनुमान — OSNepal

बजेट निमार्ण प्रकरणमा मुछिएका रघुनाथ घिमिरे सम्पर्कविहीन, भागेर दुबइ पुगेको अनुमान

LC (KTM) July 27, 2022 0

काठमाडौं ११ साउन । आर्थिक वर्षको बजेट निमार्ण गर्ने क्रममा करको दरहरु हेरफेर गरेको आरोप लागेका पूर्वनासु रघुनाथ घिमिरे सम्पर्कविहीन बनेका छन् ।

तत्कालिन अर्थमन्त्री जनार्दन शमामाथि बजेट निमार्ण गर्दा अनाधिकृत व्यक्तिको सहभागिता गराई करको हेरफेरको गरेको आरोप लागिपछि उक्त आरोपको छानविन गर्न बनेको विशेष संसदीय छानविन समिति गठन भएको छ ।

शर्माले जेठ १४ गते राति घिमिरेलाई कर विज्ञ भन्दै अर्थमन्त्रालयमा प्रवेश गराएको दावी गरेको मन्त्रालयको विज्ञ टिमले गरेको छ । उनको मोबाइल निरन्तर स्वीच्ड अफ छ । उनी भागेर भारतको कुनै स्थान वा दुबइ पुगेको अनुमान गरिएको छ ।

यता समिति भने उनी सम्पर्क विहिन भएकाले बयानमा नबोलाएको भन्दै आएको छ । नेपाल सरकारका पूर्वनासु घिमिरेले १० वर्षको जागीर अवधि छँदै पदबाट राजीनामा दिएर चौधरी ग्रुपमा छिरेको बताइएको छ ।

मन्त्रालयको विज्ञ टिमले भने तयार पारेको बजेटमा घुसपैठ गरेर घिमिरेले करका दरहरु हेरफेर गरेको दावी गर्दै आएको छ । यदि बयान लिने भएपछि बाहिर भागेर गएपनि इन्टरपोलमार्फत पक्राउ गरेर ल्याउन सकिने व्यवस्था रहँदा पनि यस प्रति भने समितिले चासो देखाएको छैन ।

आज बुधबारबाट समितिले प्रतिवेदन लेख्न सुरु गरेको छ । नेपाल प्रहरीले मंगलबार बुझाएको मन्त्रालयको हार्डडिस्क भिडियोमा स्पष्ट नदेखिएपछि आजबाट समितिले प्रतिवेदन लेख्न सुरु गरेको हो ।

घिमिरेले द्द०७५ साल फागुन १ गते अर्थ मन्त्रालयको जागिर छाडेर सानेपा स्थित चौधरी ग्रुपको नियुक्ति लिएको पाइएको छ । घिमिरेले राजश्व अनुसन्धान विभागमा दिर्घराज मैनाली महानिर्देशक भएका बेलामा राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर