नेपाली फिल्मको लागि शहीद हुन तयार छु भन्दै भावुक बने भुवन केसी — OSNepal

नेपाली फिल्मको लागि शहीद हुन तयार छु भन्दै भावुक बने भुवन केसी

LC (KTM) July 28, 2022 0

काठमाडौं ।

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले आँफुले नेपाली फिल्मको विकाश र प्रर्वद्धनमा जे पनि गर्ने बताएका छन् ।

उनले फिल्म क्षेत्रको विकासका लागि शहीद हुन समेत तयार रहेको बताएका छन् । बुधबार बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरे लगत्तै अध्यक्ष केसीले भने ‘मेरो तन, मन, धन र मेरो सपना नै चलचित्र क्षेत्र र चलचित्रकर्मीको उत्थान र विकासको लागि हो ।

यदि म एक जना भिक्टिम भएर, म एक जना शहीद भएर मेरो चलचित्र क्षेत्र मेरो कलाकारिता क्षेत्र मेरो कलाकार प्राविधिक साथी, मेरो देश भाषा र संस्कृति क्षेत्रको राम्रो हुन्छ भनेदेखि बरु म शहीद हुन तयार छु । त्यसकारण म जहाँ पनि जान तयार छु चलचित्र क्षेत्रको लागि ।’ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गरेको हो ।

कर्मचारीले उननलाई फूल माला र खादा लगाएर स्वागत गरेका थिए । उनी अभिनेतासमेत हुन् । पदभार ग्रहण गर्दै चलचित्र क्षेत्रको विकास र समृद्धिमा आफूले ध्यान दिने भन्दै उनले आफ्नो जन्म नै कलाकार हुन भएको भन्दै कला क्षेत्रको विकास नै आफ्नो उद्देश्य रहेको बताए ।

१० वर्षको उमेरदेखि कला क्षेत्रमा लागेको बताउँदै अध्यक्ष केसीले चलचित्र क्षेत्रमै काम गरेको ४० वर्ष भइसकेको जानकारी दिए । उनले आफूलाई असफल हुने छुट नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर