नायिका आँचल र विवेक अििनत फिल्म ‘वर एन्ड वधु’ रोमानियामा यसरी हुँदैछ छायांकन — OSNepal

नायिका आँचल र विवेक अििनत फिल्म ‘वर एन्ड वधु’ रोमानियामा यसरी हुँदैछ छायांकन

LC (KTM) July 28, 2022 0

काठमाडौं- युरोपेली मुलुक रोमानियामा फिल्म ‘वर एन्ड वधु’ छायांकन भइरहेको छ । बुधबारसम्म यास सहरमा भैरहेको छायांकन बिहीवारदेखि कन्सटंगा सहरमा सुरु हुने बताइएको छ ।

फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । फिल्ममा नायिका आँचल शर्मा र नब नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेको छ । फिल्म  अझै पाँच दिन रोमानियामै छायांकन हुने बताइएको छ ।

सुटिङ गर्नु निकै आरामदायी र  निकै रमाइलो भइरहेको निर्देशक चाम्सले बताए । डा. अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्मलाई एलआरके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

यो फिल्मले बिहे र संस्कृतिलाई चित्रण गर्छ ।फिल्म आगामी चैत वा बैशाखमा प्रदर्शनको तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर