'कबड्डी ४' अभिनेत्री मिरुना मगर विरुद्ध बौद्ध भिक्षु फुर्वा तामाङले गरे कुटपिटको आरोपमा मुद्धा दायर — OSNepal

‘कबड्डी ४’ अभिनेत्री मिरुना मगर विरुद्ध बौद्ध भिक्षु फुर्वा तामाङले गरे कुटपिटको आरोपमा मुद्धा दायर

LC (KTM) July 28, 2022 0

काठमाडौं :

अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गराएका छन् । तामाङले अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएको बताइएको छ । माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको फुर्र्वाले उजुरीमा उल्लेख गरेका छन् ।

त्यस्तै एउनले ठाकुर विरुद्ध उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि कारवाही माग गरिएको छ । गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारको लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुव्र्यवहार गरेको भन्दै थप्पड हानेकी थिइन् ।

यस विषयले फिल्म गनरी खुबै गर्माएको थियो । फिल्म र बौद्ध समुदायबीच आइन्दा विवाद नगर्ने भन्दै माफी मागेर सहमति पनि भएको थियो । फेरी यतिबेला त्यही विषय बाहिर ल्याउदै फुर्वाले अदालतमा मुद्धा दर्ता गराएका हुन् । पुनः मिरुनाले माफी माग्नुपर्ने भन्दै मुद्दा दायर भएको हो ।

मिरुना ‘कबड्डी ४’ की अभिनेत्री हुन् । जो यतिबेला लण्डनमा छिन् । उनी अभिनत फिल्म ‘कबड्डी ४’ नेपाली फिल्म इतिहासमा अहिले सम्मकै सर्वाधिक व्यापार गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर