निखिल उप्रेतीलाई निर्देशकमा लिएर फिल्म निर्माण गर्दै अभिनेता रमेश उप्रेती — OSNepal

निखिल उप्रेतीलाई निर्देशकमा लिएर फिल्म निर्माण गर्दै अभिनेता रमेश उप्रेती

LC (KTM) July 28, 2022 0

काठमाडौं ।

लामो समय अमेरिका बसेर फर्किएका अभिनेता रमेश उप्रेतीले ऐश्वर्या नामक फिल्म बनाए र चर्चा कमाए । रमेशले आँफुले फिल्म निर्माण गर्ने तयारी गरिरहेका बेला कबड्डीबाहेक कुनै पनि फिल्म नचलेको देख्दा उनले हत्तपत्त यो विषयमा हात हाल्न सकिरहेका छैनन् ।

रमेशले हलमा १० जना दर्शक आउन पनि मुस्किल भएको टिप्पणी गर्दै भने ‘फिल्म त गर्ने नै हो तर पछिल्ला दिनको खर्च हेर्दा बनाउन सकिने जस्तो अवस्था छैन । नयाँ-नयाँ कलाकारले पनि महंगो पारिश्रमिक लिँदा उनी चकित परेका छन् ।

रमेशले निखिल उप्रेतीलाई निर्देशकमा लिएर बनाउन लागेको फिल्मको छायांकन दशैँपछि गर्ने तयारी रहेको छ ।

तर, फिल्म बनाउन धान्नै नसक्ने खर्चले रमेश झस्किएका छन् । हलबाट आउने सेयर कम हुने र निर्माण लागत बढ्ने भएपछि उनलाई फिल्म निर्माणमा हात हाल्न डर भने लागिरहेको बताउँछन् ।

कलाकार र प्राविधिकको महंगो पारिश्रमिकले अबका दिनमा फिल्म बनाउन गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको रमेशको तर्क छ । यद्यपी आफ्नो कर्म र रुची नै यही भएका कारण यसबाट पछि नहट्ने पनि रमेश बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर