बाँकेमा हावाहुरीसँगै आएको पानीले तरकारी र फलफूल खेतीमा क्षति — OSNepal

बाँकेमा हावाहुरीसँगै आएको पानीले तरकारी र फलफूल खेतीमा क्षति

LC (KTM) May 12, 2021 0

बाँके- बाँकेमा गए राति आएको हावाहुरीले किसानको तरकारी तथा फलफूल खेतीमा ठूलो क्षति पु¥याएको छ । हावाहुरीले व्यावसायिक रुपमा खेती गर्दै आएका किसानलाई ठूलो क्षति पुगेको खजुरा गाउँपालिका–२ सीतापुरका अगुवा कृषक गेहेन्द्र धितालले बताउनुभयो । उहाँका अनुसार, गए राति आएको हावाहुरी सँगैको पानीले पाकेर ठिक्क भएको टमाटर कामै नलाग्ने गरी क्षति पु¥याएको छ । यसैगरी, लौकी, करेलालगायत तरकारी र आँप तथा लिचीको फल झारेर लाखौँको क्षति पु¥याएको छ ।

खजुरा गाउँपालिका–२ मा रहेको खजुरा नेचर गार्डेन एन्ड एग्रो फार्ममा पनि हावाहुरीले ठूलो क्षति पु¥याएको छ । गए राति आएको हावाहुरीले रु २० लाखभन्दा बढीको नोक्सानी पु¥याएको सञ्चालक टिएस ठकुरीले जानकारी दिनुभयो । फार्ममा टमाटर, क्याप्सिकम, लौकी, करेला उत्पादन भइरहेको छ । त्यहाँ उत्पादन हुने तरकारी फार्मबाटै खरीद बिक्री हुने गरेकामा हावाहुरीले नोक्सानी पु¥याएपछि लाखौँको क्षति भएको ठकुरीको भनाइ छ ।

हावाहुरीले सबैभन्दा ठूलो क्षति आँप र लिचीको फलफूल खेतीमा पु¥याएको छ । कोहलपुर नगरपालिका–१५ तीनघरुवास्थित व्यावसायिक आँप तथा लिची खेतीमा ठूलो क्षति पु¥याएको पञ्चशील कृषि फार्मका सञ्चालक सूर्य ढकालले बताउनुभयो । उहाँका अनुसार, आँप र लिचीका फल हावाहुरीले भुइँभरि बनाएको छ । यो वर्ष आँप पर्याप्त फल नलागेर आम्दानी कम हुने अपेक्षा गरेकामा हावाहुरीले थप क्षति पु¥याएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा व्यावसायिक तरकारी तथा फलफूल खेती गरेका किसानले हावाहुरीले क्षति पु¥याएको गुनासो गरेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिनुभयो । किसानको क्षति विवरण सङ्कलन गरेर क्षतिको यकिन गरिने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर