राजधानीमा मिर्गौला कारोबारीको गिरोह सक्रिय — OSNepal

राजधानीमा मिर्गौला कारोबारीको गिरोह सक्रिय

LC (KTM) July 29, 2022 0

काठमाडौं । असार पहिलो साता नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौंका सडकमा आश्रित दुई किशोरलाई मिर्गौला (किड्नी) निकाल्न भारत लैजाने तयारी भइरहेको सूचना पायो । ब्युरोले सूचना प्राप्त भएपछि गहन अनुसन्धान थाल्यो ।

भारत लैजाने तयारी गरिएको भनिएका किशोरहरूको आसपास रहेर ब्युरोले अनुसन्धान अघि बढायो । अनुसन्धानको प्रारम्भमै शंकास्पद गतिविधि देखिन थाले। ती किशोरका नजिक तीनजना पात्र निरन्तर पुगिरहन्थे ।

ती पात्र दैलेखको चमुण्डा बिन्द्रासयनी नगरपालिका–६ घर भई हाल काठमाडौं कालोपुल बस्ने २८ वर्षीय धूपेन्द्र शाही, सोही ठाउँ स्थायी ठेगाना भई हाल काठमाडौं चाबहिल बस्ने ३२ वर्षीय विमलबहादुर शाही र झापाको पृथ्वीनगर नगरपालिका–१ स्थायी ठेगाना भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने २१ वर्षीय छोटे भनेर चिनिने आशिष तामाङ थिए ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ

तीनजनामध्ये धूपेन्द्र ती किशोरलाई नियमित पोलिक्लिनिक लगेर स्वास्थ्य जाँच गराउने कार्यमा संलग्न थिए। विमल र आशीष भने उनीहरूलाई होटलमा बास र खानाको व्यवस्था मिलाउँथे । असार १५ गते ब्युरोले सूचना ‘सही रहेको’ निष्कर्ष निकाल्यो । त्यसपछि धूपेन्द्र, विमल र आशिषलाई ब्युरोको टोलीले पक्राउ गर्‍यो । प्रहरी टोलीले दुवै किशोरलाई उद्धार गरेर थप अनुसन्धान अगाडि बढायो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर