आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौला र उनका श्रीमान सहित ३ जना पक्राउ — OSNepal

आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौला र उनका श्रीमान सहित ३ जना पक्राउ

LC (KTM) June 20, 2021 0

काठमाडौं-आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उनी सहित उनका श्रीमान हिमाल उपाध्याय र शर्मिला वाइबा रहेका छन् । उनीहरु माथि प्रहरी कार्यालयमा महिलामाथि कु टपिट गरेको अभियोग लागेको छ ।

प्रहरीले पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरेको जनाएको छ । संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झा लाई दुर्व्यवहार गरेको पनि आरोप छ ।

झालाई उनले सरुवा गराइदिने धम्की दिंदै रंगभेदी अभिव्यक्ति दिएकी थिइन् । त्यपिछि उनको चर्को आलोचना भएको थियो ।चर्को विरोध भइरहेका बेला झाको काज सरुवा भएको खुल्यो । पछि ट्राफिकले पुनः उनलाई महाराजगञ्ज नै फिर्ता पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर