गाली बेइज्जती र कुटपिट गरेको भन्दै फूर्पाले गरे अभिनेत्री मिरूना ठकुरीविरुद्ध मुद्दा दर्ता — OSNepal

गाली बेइज्जती र कुटपिट गरेको भन्दै फूर्पाले गरे अभिनेत्री मिरूना ठकुरीविरुद्ध मुद्दा दर्ता

LC (KTM) July 29, 2022 0

काठमाडौं :

गाली बेइज्जती तथा कुटपिट गरेको भन्दै फूर्पा साङ्मो तामाङले अभिनेत्री मिरूना मगर र चलचित्र प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध मुद्दा दर्ता गराएका छन् । उनले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गर्दै कानुनबमोजिम सजायको माग गरेका छन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले तामाङले मुद्दा दर्ता गरेको जानकारी दिए ।

गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित चलचित्र ‘कबड्डी ४’ को प्रमोसनमा पुगेकी अभिनेत्री मिरूनाले आफूमाथि दुव्र्यवहार गरेको भन्दै फूर्पालाई थप्पड हानेकी थिइन् । यसै सन्दर्भलाई जोडेर फूर्पाले उजुरीमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मिरुनाले सौर्य दैनिकमा खबर छ । माफी माग्ने सवालमा बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको जनाएका छन् । उनले फिल्म प्राविधिक ठकुरीले मिरूनालाई उक्साउने काम गरेको भन्दै उनीविरूद्ध पनि कारवाही माग गरेका छन् ।

मिरुनाले त्यतिबेला प्रहरीमा समेत फूर्पाको अनुचित व्यवहारविरुद्ध उजुरी दिएकी थिइन् । सो विषय प्रहरीमा पुगेपछि तामाङ÷लामा समुदाय सार्वजनिक रुपमै विरोधमा उत्रिएका थिए । उनीहरुले प्रदर्शन भइरहेको ‘कबड्डी ४’ रोक्न मागसमेत गरेका थिए । विरोध बढेपछि फूर्पालाई प्रहरी छाडेको थियो । यसपछि १७ जेठमा चलचित्रका कलाकार, निर्देशक र लामा गुरुहरु लगायतलाई साक्षी राखेर दुवै पक्षबीच माफी माग्ने र दिने सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर