हावा कुरा गरेको हैन , यो देश जहाँ साँच्चिकै मात्र १२ रुपैयामा आलिसान घर बिक्री भईरहेको छ , कारण यस्तो छ — OSNepal

हावा कुरा गरेको हैन , यो देश जहाँ साँच्चिकै मात्र १२ रुपैयामा आलिसान घर बिक्री भईरहेको छ , कारण यस्तो छ

LC (KTM) June 20, 2021 0

घर किन्ने हर कोही मानिसको सपना हुन्छ । घर किन्नकै लागि जिवनभरको मेहनतको कमाई लगाउने गरिएको छ । तर दुनियाको यस्तो एउटा देश छ जहाँ आफ्नो सुन्दर घर एकदमै सस्तो दाममा बिक्री गरिरहेका छन् । यो हावा कुरा हैन सत्य नै रहेको छ ।

आश्चर्यको कुरा त के छ भने यहाँका ब्यक्तिहरु आफ्नो घर मात्रै १६ सेन्ट अर्थात १२ रुपैयामा बिक्री गरिरहेका छन् । रोयटर्सको एक रिर्पाेटका अनुसार क्रोएशियाको उत्तरी ईलाकाको एक शहर लेग्राडमा यस्तो भईरहेको छ । त्यहाँका बासिन्दाले आफ्नो घर मात्रै १२ रुपैयामा बेच्न बाध्य भएको खबर बाहिर आएको छ ।

आखिर यति सस्तोमा त्यहाँका मानिसहरुले किन घर बेचिरहेका छन् त भन्ने कुराले मान्छेको दिमाग खराब गरिदिएको छ । यातायातको कनेक्टिभीटि कम भएका कारण त्यहाँका ब्यक्तिहरु आफ्नो घर छोडेर गईरहेका छन् । त्यसपछि प्रशासनले आफै यी घरहरु बिक्रि गर्ने घोषणा गरेको हो । लेग्राडका मेयर इवान साबोलिकले आफ्नो बयानमा भनेका छन् क हाल १९ घर एक साथ खाली भएको थियो ।

ति घरको मुल्य १ कुना अर्थात लगभग १२ रुपैया लगाइएको छ । १९ मध्ये १७ घर अहिले सम्म बिक्री भईसकेको छ । उनले यो पनि बताएका छन् कि जब यो शहर भन्दा बाहिर अर्काे शहर बनिरहेकोले यहाँको जनसंख्या लगातार कम भएको हो । लेग्राड शहरको सिमा हंगेरी संग जोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर