बिगबोसकी प्रतियोगी तथा नायिका निक्कि तम्बोलीले आफ्नो भाईको निधन पछि परिवार छोडेर केपटाउन जान गाह्रो भएको खुलासा , यस्तो थियो उनको पीडा — OSNepal

बिगबोसकी प्रतियोगी तथा नायिका निक्कि तम्बोलीले आफ्नो भाईको निधन पछि परिवार छोडेर केपटाउन जान गाह्रो भएको खुलासा , यस्तो थियो उनको पीडा

LC (KTM) June 20, 2021 0

बिगबोस सिजन १४ कि प्रतियोगी तथा नायिका निक्की तम्बोलीले आफ्नो जिवनसंग जोडिएका कैयौ राजहरु खोलेकी छिन् । उनी भाईको कोरोनाका कारण निधन भएपछि रियालीटि शो खतरो के खिलाडीको शुटिंगका लागि केपटाउनका लागि गएकी थिईन् ।

यसका लागि उनलाई सामाजिक सञ्जालमा ट्रोल समेत बनाइएको थियो । तर उनले यी सबै कुरामा ध्यान नदिई आफुलाई जे सहि लाग्छ त्यहि गरिन् । उनलाई यति धेरै सामाजिक सञ्जालमा उडाएकी तर पनि उनले आफ्नो काममा ध्यान दिईन् । उनले अहिले आएर आफ्ना जिवनको कैयौ राजहरु बताएकी छिन् ।

उनले एक अन्र्तबार्तामा बताएकी छिन् कि– मानिसहरुले यसलाई गलत तरिकाले लिए । म पहिला देखी नै मानसिक रुपमा बिक्षिप्त थिए । उनले आफ्नो परिवार छोडेर कैपटाउन जाँदा अरुले भनेको कुराले मन दुखि रहने बताईन् । बाहिरका मान्छेहरुले यति सम्म भनेकी उनलाई त्यो कुराले मन घोचिनै रहेको छ ।

तर उनले जस्तो सुकै बिषम परिस्थिती आए पनि आफुले आफ्नो काममा ध्यान दिएको र अरुले आफुलाई के भनिरहेको छ भन्ने कुराको प्रबाह नगरि कैपटाउन गएको बताएकी छिन् । उनले आफ्नो लक्ष्य प्रति केन्द्रित रहेको समेत प्रतिक्रिया दिएकी छिन् ।

उनले परिवारलाई यस्तो हालतमा छोडेर शो मा जानु उनका लागि कठिन भएपनि उनको बुवा आमाले नै जानु भनेपछि गएको बताईन् । परिवार आफै सम्हालिन नसकिरहेको बेला आफुलाई हिम्मत नहारी जानु भनेर उत्प्रेरणा दिएको उनले खुलाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर