बेनिशा हमाल र अभिनेता तेज गिरीको प्रमुख भूमिका रहेको ‘प्रेमगञ्ज’ मा दुई पुस्ताको प्रेम — OSNepal

बेनिशा हमाल र अभिनेता तेज गिरीको प्रमुख भूमिका रहेको ‘प्रेमगञ्ज’ मा दुई पुस्ताको प्रेम

LC (KTM) July 31, 2022 0

काठमाडौं :

अभिनेत्री बेनिशा हमाल र अभिनेता तेज गिरीको प्रमुख भूमिका रहेको चलचित्र ‘प्रेमगञ्ज’ को ट्रेलर सार्वजनिक गरिएको छ । दुई पुस्ताको प्रेमकथालाई उठान गरिएको विषय टे«लर आएको छ । सार्वजनिक चलचित्रको ट्रेलरलाई अभिनेत्री सुरक्षा पन्तले न्यारेट गरेकी छन् । ट्रेलरमा युवापुस्ता र वयस्क समयका दुई पुस्ताको प्रेमलाई उधिनिएको छ ।

चलचित्र चौतारीको प्रस्तुतिको रहेको यो चलचित्रलाई परिच्छेद सेनले निर्देशन गरेका छन् । चलचित्रमा अभिनेत्री बेनिशा र अभिनेता तेजसँगै अभिनेत्री सम्पदा बानियाँको अभिनय छ । सौर्य दैनिकमा खबर छ । यसै चलचित्रमार्फत राइडर प्रशान, सुप्रिया खनाल र सिम्रन खड्काले ठुलो पर्दामा पाइला चाल्दै छन् । चलचित्रमा अभिनेत्री सुरक्षा पन्तको विशेष भूमिका रहेको छ भने बालकलाकारका रुपमा आयुषी ढकालको अभिनयसमेत रहेको छ । निर्देशक सेनकै कथामा आधारित यो चलचित्रको सम्पादन अर्जुन जिसीले गरेका छन् । सञ्जय लामाले छायांकन गरेको यो चलचित्र आगामी ३ भदौबाट देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर