गायिका जुनु गौतमको 'तीज आयो बरिलै' — OSNepal

गायिका जुनु गौतमको ‘तीज आयो बरिलै’

LC (KTM) July 31, 2022 0

गायिका जुनु गौतमको स्वरमा हरितालिका पर्व लक्षित तीज गीत ‘तीज आयो बरिलै’ सार्वजनिक भएको छ । स्वामी रामदेव र आचार्य बालकृष्ण संलग्न चर्चित योगपीठ पतन्जलीको अधिनमा रहेको संस्था ‘हाम्रो स्वाभिमान’को तर्फबाट उक्त गीतको भिडियो निर्माण गरिएको छ ।

संसारभर छरिएर रहेका नेपालीहरुको एकता र मातृत्वको भावना जोड्ने उद्देश्यले भारतमा स्थापना भएको ‘हाम्रो स्वाभिमान’ले पहिलो पटक कुनै पनि नेपाली सांस्कृतिक विधामा लगानी गरेको हो । भारतमा रहेर यो संस्थाले नेपालीहरुलाई सांस्कृतिक रूपमा एक बनाउन गर्न विभिन्न चाडपर्वहरूको अबसरमा विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।

सार्वजनिक गीतमा चेलीहरूको माइती प्रेम र भगवान शिवको आराधना समेट्दै खुशी साट्न भोलि पर्खिने होइन आजै रमाउनुपर्छ भन्ने भावना व्यक्त छ । गीतमा शब्द तथा संगीत नविन श्रेष्ठको छ भने एरेञ्जको काम सुन्दर लामाले गरेका छन् ।

अभिनेत्री तथा मोडल सुष्मा अधिकारी र गायिका जुनुले उक्त गीतमा कम्मर मर्काएका छन् । तारा थापा ‘किम्भे’को सम्पादनमा बनेको गीतमा छायांकन शिव ढकालको छ । विनोद विष्टले निर्देशन गरेको गीतमा कोरियोग्राफी कमल राईले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर