प्रसव व्यथा लागेकी महिलाको समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चाको मृ त्यु, आमाको उद्धार — OSNepal

प्रसव व्यथा लागेकी महिलाको समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चाको मृ त्यु, आमाको उद्धार

LC (KTM) June 20, 2021 0

हुम्ला- हुम्लाको सिमकोट गाउँपालिका—६ निवासी एक महिलाको प्रसव व्यथा लागेर समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चको मृत्यु भएपछि आइतबार आमाको उद्धार गरिएको छ । सत्ताइस वर्षीय जगतमाया रोकायालाई असार एक गतेबाट प्रशव व्यथा लागेको भए पनि प्रतिकुल मौसमका कारण हवाइ मार्गबाट उद्धार हुन नसक्दा बच्चाको पेटभित्रै मृ त्य भएको थियो ।आज मौसममा सुधार आएपछि उद्धार गरेर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताउनुभयो ।

चामेमै रोकियो सेनाको हेलिकप्टर-मनाङको बाढीपहिरो पीडितका लागि राहत लिएर आएको नेपाली सेनाको हेलिकप्टर मौसम खराबका कारण सदरमुकाम चामेमै रोकिएको छ । विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङसहित स्थानीय तहका पदाधिकारी सवार हेलिकप्टर राहत लिएर मनाङको बाढी प्रभावित क्षेत्रमा आएको हो । मनाङको विभिन्न स्थानका बाढीपीडितका लागि राहत लिएर आएको हेलिकप्टरमा इन्धन राख्न पोखरा लागि उडेको थियो तर मौसम खराब भएकाले पुनः सदरमुकाम चामे नै फर्किएको हो । मौसम अनुकूल भएपछि हेलिकप्टर पोखरा प्रस्थान गर्नेछ ।

बाढीपीडितलाई दैनिक उपभोग्य सामग्रीसहित तत्कालका लागि आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्री ल्याइएको जनाएको छ । गएको मङ्गलबार मनाङको विभिन्न स्थानमा भीषण वर्षापछि यहाँका बाटो क्षत्विक्षत् भएर गाडीसमेत आवागमन हुन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर