श्रद्दा कपुर र रणविर कपुर अभिनित फिल्मको सेटमा आगलागी हुँदा एक जनाको मृत्‍यु, एक जना गम्भीर घाइते — OSNepal

श्रद्दा कपुर र रणविर कपुर अभिनित फिल्मको सेटमा आगलागी हुँदा एक जनाको मृत्‍यु, एक जना गम्भीर घाइते

LC (KTM) July 31, 2022 0

काठमाडौं । बलिउडका दुई चलचित्रहरुको सेटमा आगलागी हुँदा एक जनाको मृत्‍यु भएको छ । आगलागीमा परी ३२ वर्षिय कर्मचारी मनिस देवासीको मृत्‍यु भएको भारतिय मिडियाले जनाएका छन् । आगलागीबाट अर्का एकजना कर्मचारी गम्भिर घाइते भएका छन् ।

अलभ रन्जनद्वारा निर्देशित रणवीर कपुर तथा श्रद्दा कपुर अभिनित चलचित्र र राजश्री प्रोडक्सनको ब्यानरमा निर्माणाधिन चलचित्रहरुको सेटमा आगलागी भएको हो ।आगलागी नियन्त्रण गर्न ५ घण्टाभन्दा बढी समय लागेको थियो ।

आगलागीको कारण भने हालसम्म पत्ता लागिसकेको छैन । राजश्री प्रोडक्सनको फिल्मबाट बलिउडमा डेब्यू गर्ने तयारी गरिरहेका धर्मेन्द्रका नाति र सनी देओलका कान्छो छोरा राजवीर देओल पनि आगलागीको समयमा फ्लिमकै सेटमा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर