गायक योगेश्वर अमात्य र संगीतकार न्ह्यू बज्राचार्यले 'जुजु फाउण्डेसन'को उद्घाटन गर्दा जे देखियो, हेर्नुहोस् यी दृश्यहरु — OSNepal

गायक योगेश्वर अमात्य र संगीतकार न्ह्यू बज्राचार्यले ‘जुजु फाउण्डेसन’को उद्घाटन गर्दा जे देखियो, हेर्नुहोस् यी दृश्यहरु

LC (KTM) July 31, 2022 0

काठमाडौं । गायक योगेश्वर अमात्य र संगीतकार न्ह्यू बज्राचार्यले जुजु फाउण्डेसनको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

गायक अमात्य र संगीतकार ब्रजाचार्य शनिबार अपराहन्ह राजधानीको गल्फुटारमा अवस्थित फाउण्डेसनमा पुगेर उद्घाटन गर्दै फाउण्डेसनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

गायक अमात्यले आँफुले १३ वर्षको उमेरदेखि गाउन सुरु गरेको भएता पनि नजिकमा संगीत बिद्यालय नहुँदा निकै कठिन परिस्थिीतिको सामना गर्नु परेको अनुभव सुनाए । तर अहिले यसरी जुजु फाउण्डेसन जस्ता संगीत साधानमा लाग्ने संस्था खुल्दा यसले आर्थिक अभावमा परेका तर कला र प्रतिभा भएकाहरुलाई सजिलै बाहिर ल्याउन मद्धत गर्ने बताए ।

त्यस्तै लोकप्रिय संगीतकार बज्राचार्यले जुजु फाउण्डेसनले अधिकतम आफ्नो खर्चमा संगीत सिकाउने र म्यूजिक भिडियो बनाएर बजारमा ल्याइदिने कदमले लुकेको प्रतिभा सहजै बाहिर ल्याउन सहजीकरण गरिदिने फाउण्डेसनको उदार कामको मुक्त कण्ठले प्रशंसा गरे । सो अवसरमा गायक अमात्यले जब सन्ध्या हुन्छ बोलको गीत गाएर सुनाएका थिए ।

त्यस्तै फाउण्डेसनका अध्यक्ष तथा गायक एवंम संगीतकार सुशिल श्रेष्ठ जुजुले संगीतमा विशेष रुची राख्ने तर आर्थिक अवस्था नाजुक भएकाहरुलाई फाउण्डेसनले सहयोग गरेर अडियो र भिडियो बनाउन मद्धत गर्ने प्रतिवद्धता जनाए ।

गैर नाफामुलक हिसाबले संचालनमा ल्याइएको फाउण्डेसन गरिब, असहाय र संगीतमा रुचि राख्ने जो कोहीका लागि पनि एउटा गन्तब्य बन्न सक्ने गायक जुजुको विश्वास रहेको छ । फाउण्डेसन करिब ५० लाखको लागतमा संचालनमा ल्याइएको हो । सो अवसरमा जुजु क्रियशन स्टुडियोको पनि शुभारम्भ गरिएको थियो ।

गायक तथा संगीतकार ‘जुजु’को ‘माइतीको आँगन’ , सुनन , आमा, लगायतका गीतहरुले चर्चा कमाएका छन् । जुजु फाउण्डेसनले निर्माण गरेका भिडियोहरु फाउण्डेसनकै आफ्नै अफिसियल च्यानल जुजु क्रियशनबाट बजारमा ल्याइने गायक सुशिल श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर