कोपा अमेरिका फुटबलमा भोली बिहान २ खेल हुदै , भेनेजुएला र इक्वेडर तथा कोलम्बीया र पेरु आपसमा भिड्दै — OSNepal

कोपा अमेरिका फुटबलमा भोली बिहान २ खेल हुदै , भेनेजुएला र इक्वेडर तथा कोलम्बीया र पेरु आपसमा भिड्दै

LC (KTM) June 20, 2021 0

युरोकप फुटबल संगै चर्चामा रहेको छ ब्राजिलमा जारी कोपा अमेरिका फुटबल । कोपा अमेरिका फुटबलमा भोली बिहान दुई खेलहरु हुँदैछन् । भोली हुने पहिलो खेलमा भेनेजुएला र इक्वेडर बीच प्रतिष्पर्धा हुदैछ ।

ओलम्पिक स्टेडियममा यी दुई टिमबीच बिहान पौने ३ बजे प्रतिष्पर्धा हुनेछ । एक खेल बराबरी खेलेको र १ खेलमा हार ब्यहोरेको भेनुजुएला आज पहिलो जितको खोजीमा हुनेछ । समूह ए मा रहेको भेनेजुएलाले २ खेलमा १ अंक जोडेको छ । भेनेजुएला समूहको तेस्रो स्थानमा रहेको छ ।

अंकबिहिन इक्वेडर पनि आफ्नो यो दोस्रो खेलमा जित निकाल्ने दाउमा मैदानमा उत्रनेछ । नेपाली समय अनुसार भोली बिहान पौने ६ बजे हुने खेलमा कोलम्बीया र पेरु आपसमा भिड्नेछन् । अघिल्ला दुई खेल मध्ये एकमा जित र एकमा बराबरी खेलेको कोलम्बिया दोस्रो जितको खोजीमा रहनेछ । पेरु पहिलो अंक जोड्न चाहन्छ । पहिलो खेलमा पराजित पेरु समूहको पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर