निर्दोष सावित भएपछि २५ दिनपछि फेरि 'कमब्याक' भए जनार्दन शर्मा , साँझ पाँच बजे सपथ ग्रहण — OSNepal

निर्दोष सावित भएपछि २५ दिनपछि फेरि ‘कमब्याक’ भए जनार्दन शर्मा , साँझ पाँच बजे सपथ ग्रहण

LC (KTM) July 31, 2022 0

काठमाडौं १५ साउन । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा दोस्रो पटक पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् ।

शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न सहभागी गराएको अभियोगमा असार २२ गते राजीनामा दिएका शर्मा संसदीय छानबिन समितिले निर्दोष सावित गरेपछि पुन एक पटक अर्थमन्त्रीमा नियुक्त भएका हुन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले दिएको जानकारी शर्माको सपथ ग्रहण अहिले साँझ पाँच बजे राष्ट्रपति कार्यालयमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर