जनता बिर्सिएर पैसा कहाँबाट आउँछ भन्नेमा मात्रै लागेकाले अहिले पार्टीमा पदाधिकारी चयन गर्न धौ धौ भयो : प्रवक्ता महरा — OSNepal

जनता बिर्सिएर पैसा कहाँबाट आउँछ भन्नेमा मात्रै लागेकाले अहिले पार्टीमा पदाधिकारी चयन गर्न धौ धौ भयो : प्रवक्ता महरा

LC (KTM) July 31, 2022 0

काठमाडौं १५ साउन । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टीले जनता बिर्सँदै गएका कारण पार्टी व्यवस्थापनमा समस्या पर्दै गएको बताएका छन् ।

आइतबार प्रेस सेन्टरका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा बोल्दै महराले पार्टीको पदाधिकारी चयन गर्न धौ धौ परेको भन्दै यस्तो खुलासा गरेका हुन् ।

‘हामीले जनता बिर्सियौं । सहर ताक्न थाल्यौं । पैसा कहाँबाट आउँछ भन्नेमा मात्रै लाग्यौं । हामीलाई अहिले पदमात्रै चाहिएको छ । त्यसैले पदाधिकारी छान्न हामीलाई धौ धौ भइरहेको छ’, महराले भने ।

पार्टी बिग्रिएको जिम्मेवारी सबैले लिनुपर्ने र पार्टी सुधारका लागि सबैले पहल गर्नुपर्ने महराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर