‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको फिल्म ‘फूलबारी’मा प्रियंका कार्कीले अभिनय गर्ने पक्का — OSNepal

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको फिल्म ‘फूलबारी’मा प्रियंका कार्कीले अभिनय गर्ने पक्का

LC (KTM) July 31, 2022 0

काठमाडौं :

छोरी जन्माएपछि केही समय फिल्म क्षेत्रबाट टाढा रहेकी प्रियंका कार्की कम ब्याकको तयारीमा रहेकी छन् । उनी ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङले निर्देशन गर्ने फिल्म ‘फूलबारी’मा अनुबन्धित भएकी छन् । फिल्म ‘लक्का जवान’पछि प्रियंका अभिनयमा फर्किन लागेकी हुन् ।

त्यसयता उनले छोरीलाई जन्म दिइन् । प्रियंका कमब्याकको लागि यतिबेला शारीरिक रुपमा फिट समेत भइसकेकी छन् । यस अघि फिल्ममा दयाहाङ राई र विपिन कार्की भने फाइनल भइसकेका छन् । फिल्ममा रंगमञ्च कलाकारहरु अरुणा कार्की, सोम खनालले पनि काम गर्ने बताइएको छ ।

फिल्मले अभिभावक र सन्तानको कथा पेश गर्छ । यो फिल्ममा विपिनले ५८ वर्षीय पात्रको भूमिकामा अभिनय गर्दैछन् । शोधा फिल्म्सको ब्यानरमा फिल्म निर्माण हुन लागेको फिल्मको भदौ १३ गतेदेखि छायांकन सुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर