निर्वाचनको मिति घोषणा गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै — OSNepal

निर्वाचनको मिति घोषणा गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै

LC (KTM) August 01, 2022 0

काठमाडौं ६ साउन । आज सोमबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोक्न आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

निर्वाचन आयोगले आउँदो मंसिर २ वा ४ गते निर्वाचन गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति सरकारलाई प्रस्ताव गरिसकेको छ ।

आयोगले दिएको प्रस्तावको विषयमा अध्ययन गरी आज सम्भवत सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर