महङ्गी विरुद्ध एमालेले आज जनप्रदर्शन गर्दै ,जनप्रदर्शन वसन्तपुरबाट सुरु हुने — OSNepal

महङ्गी विरुद्ध एमालेले आज जनप्रदर्शन गर्दै ,जनप्रदर्शन वसन्तपुरबाट सुरु हुने

LC (KTM) August 01, 2022 0

काठमाडौं १६ साउन । प्रतिपक्षी दल नेकपा एमाले आज सरकार विरुद्ध जनप्रदर्शन गर्ने भएको छ ।

महङ्गी नियन्त्रणमा सरकारले कुनै कदम नचालेकोले नागरिकको जीवन थप कष्टकर बन्दै गएको विरोधमा एमालेले आज वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो।

दिउँसो २ बजे वसन्तपुरबाट शुरू हुने र्‍र्यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसद लगायतका सहभागी हुने भएको छ ।

साथै, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता समेतको सहभागिता रहने एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर