सरकार के नेपालको शिक्षा नै कमजोर हो ? — OSNepal

सरकार के नेपालको शिक्षा नै कमजोर हो ?

LC (KTM) August 01, 2022 0

रुषा थापा

नेपालबाट वर्षेपिछे लार्खौँ नेपाली विघार्थीहरु उच्च शिक्षा हासिल गर्न बाहिरी मुलुक जान्छन् । नेपालबाट एक वर्षमा नेपाली विघार्थीहरु अध्ययन गर्न जादाँ ६५ अर्बौ नेपाली मुद्रा बाहिरी मुलुकमा जाने गर्छ । त्यस्तै गरी नेपालमा रहेका दक्ष तथा सक्षम नागरिकहरु पनि बाहिरी मुलुकहरुले लैजादैँ आइरहेको छ । यसरी नेपालबाट विघार्थीहरु पढ्न भनेर अस्ट्रेलिया वा अमेरिका जाँदा १५ देखि २० लाख नेपाली मुद्रा लैजाने गर्छन् । जुन पैसा प्लेन , कन्सल्टेन्सी र त्यहाँ पढ्नका लागि पहिला नै बुझाउनु पर्ने हुन्छ ।

विघार्थीहरु पहिला उच्च शिक्षा हासिल गर्ने भनेर जान्छन् तर त्यहाँ गएपछि उनीहरु नेपाल फर्किदैँनन् । उनीहरु त्यहाँ आफ्नो घरपरिवारलाई नै सँगै लग्छन् र नेपालमा भएको आफ्नो पुर्खौली सम्पत्ति पनि सबै बेच्छन् । नेपाली विघार्थीहरु पढ्न भनेर जाँदा नेपाली जनताको रुपमा जान्छन् तर फर्किदा विदेशी पाहुनाका रुपमा आउने गर्छन । नेपालका लाखौँ दक्ष जनशक्तिहरु बाहिरी मुलुक यसरी गर्दा यसले देशको अर्थतन्त्रमा क्षति पुग्ने छ ।

नेपाल सरकारले यसरी आफनो देशको दक्ष जनशक्तिलाई विकासित मुलुकहरुमा पठाउँदा यसले देशको विकासमा प्रभाव परिरहेको छ । सरकारले अब नेपाली विघार्थीहरुलाई बाहिरी मुलुकमा शिक्षाका लागि भनेर पठाउन रोक्नुपर्छ । शिक्षा मन्त्रालय र शिक्षा विभागले अब अस्ट्रेलिया र अमेरिका पढ्न जाने विघार्थीहरुलाई रोक्नुपर्छ । पहिला पढ्न भनेर गएका विघार्थीहरु अस्ट्रेलिया र अमेरिकामा ग्रिन कार्ड पाएर त्यहाँ नै आफ्नो सम्पूर्ण घरपरिवार लगेर बस्ने गर्छन् । उनीहरु आफ्नो आमाबुबाको साथसाथै पुर्खौली सम्पत्ति पनि बेचेर जाने गर्छन् ।

यसरी नेपाली सम्पत्ति बेचेर ९० अर्ब भन्दा बढी नेपाली पैसा विदेशमा वर्षौपिछे गइरहेका छ । अमेरिका र अस्ट्रेलियाले नेपालको दक्ष जनशक्ति र नेपाली मुद्रा लगेर नेपालको अर्थतन्त्रलाई धरायसीमा पुप्याउने काम गरिरहेको छ । अब नेपाल सरकारले यी देशले नेपालमाथि गरेको राजनिति बुझ्रन निकै जरुरी रहेको छ होइन भनी नेपालको अर्थतन्त्र नाजुक हुने छ । सरकारले उच्च शिक्षा हासिल गर्न भनेर जाने विघार्थीलाई रोक लगाउनुपर्छ र खाडी मुलुकमा गएका नेपाली नागरिकहरुलाई प्रोत्साहन दिनुपर्छ । जति पनि खाडी मुलुकमा गएका नेपाली नागरिकहरु छन् उनीहरु पैसा पनि कमाउँछन् र स्वदेश पनि फर्किन्छन् तर अमेरिका , अस्ट्रेलिया जाने मानिसहरु पैसा पनि पठाउदैँनन् र आफ्नो जन्मभूमि पनि फर्किदैँनन् । बरु उनीहरु अमाबुबा र पुर्खौली सम्पत्ति नै बेचेर जाने गर्छन् । अहिले नेपालमा एउटा चलन चलेको छ ।

अहिले प्रायजसो नेपाली विघार्थीहरु कक्षा १२ पास गरेपछि उच्च शिक्षा हासिल गर्ने भनेर अमेरिका तथा अस्ट्रेलिया जाने गर्छन् । यसले गर्दा नेपालले आफनो दक्ष जनशक्ति गुमाइरहेको छ । के अमेरिका र अस्ट्रेलियाको शिक्षाभन्दा नेपालको शिक्षा कमजोर हो । नेपालमा पनि निजी तथा सरकार कलेजहरु रहेका छन् । अमेरिका र अस्ट्रेलियामा २० लाख रुपैँया खर्च गरेर जानुभन्दा बरु नेपालमा नै त्यँही पैसाले सानो व्यवसाय गर्ने हो भनी राज्यले राजस्व पाउँछ , नेपाली मुद बाहिरी मुलुकमा जादैँन र देशको अर्थतन्त्र पनि मजबुत हुन्छ । एउटा व्यवसाय सञ्चालन गरेपछि नेपालमा रहेका धेरै बेरोजगारहरुले रोजगार पाउँछन् र आफ्नै देश र परिवारसँग पनि बस्न पाइन्छ ।

यदि सरकारले नेपाली विघार्थीहरु अमेरिका र अस्ट्रेलिया जानबाट रोक्ने हो भने यसले गर्दा जनता र राज्य दुवैलाई फाइदा हुने छ । अहिले अस्ट्रेलिया तथा अमेरिका गएका नागरिकहरु नेपाल नफर्किदा नेपालमा भएका उनीहरुका आमाबुबालाई कि सरकारले हेनुपर्ने वा बिचल्ली भइरहेको छ । विदेशमा छोराछोरी भएका आमाबुबाहरु बुढेसकालमा छोराछोरीहरु सँगै नहुँदा बेकार मै अमेरिका र अस्ट्रेलिया पठाएको भनेर भन्ने गर्छन् ।
अहिले जतिपनि अमेरिका, अस्ट्रेलिया गएका नेपाल नागरिकहरु रहेका छन् उनीहरुको देश विकासमा केहि पनि योगदान रहेको छैन । नेपालबाट खाडी मुलुकहरुमा काम गर्न गएका मानिसहरुको मात्र देश विकासमा योगदान गरिरहेको पाइन्छ । उच्च शिक्षा हासिल गर्ने भन्दै पहिला अमेरिका , अस्ट्रेलिया जाने अनि त्यहाँ पुगेपछि आफ्नो स्वदेशलाई नै बिर्सने गर्छन् यिनीहरुलाई आफनो जन्मभूमि र आमाबुबाको केही चासो छैन । नेपालमा अहिले रेमिट्यान्स पठाउनेमा सबै खाडी मुलुकमा काम गर्न गएका नेपाली नागरिहरु रहेका छन् ।

सरकारले जनतामाथि शिक्षामा नै भेदभाव गरिरहेको छ ।धनी मानिसहरुले आफ्नो छोराछोरीहरु महंगो तथा निजी विघालयमा पढाउँछन् जसले गर्दा राम्रो पढाई हुनेबित्तिकै उनीहरु अस्ट्रेलिया तथा अमेरिका जाने गर्दछन् । निजी विघालयहरु विघार्थीका लागि अमेरिका, अस्ट्रेलिया जाने एउटा कारकाखना बनिरहेको छ । निजी विघालयमा पढेका विघार्थीहरुमा पढाईमा राम्रो हुन्छन् र अमेरिका तथा अस्ट्रेलिया जस्ता देशहरुले पनि त्यस्ता विघार्थीहरुलाई भिसा दिइ नै हाल्छ ।

तर जो अभिभावकहरु आर्थिक कमजोरीका कारण आफ्नो बालबच्चालाई सरकारी विघालयमा पढाउँछ ती विघार्थीहरुको पढाई कमजोर हुन्छ । यदि पढाई राम्रो भएपनि फिस तिर्न नसकेर पढाई छोड्न लगाँउछन् । त्यसैले गर्दा सरकारी विघालयमा पढेका विघार्थीहरु कि निजी कार्यालयमा काम गर्छन् कि आर्मी तथा प्रहरीमा भर्ती हुन्छन् ।

कैयौँ मानिसहरु १६ वर्ष पुग्नेबित्तिकै नागरिकता बनाएर कामका लागि खाडी मुलुक जाने गर्छन् ।तर निजी विघालयमा पढेका विघार्थीहरु अस्ट्रेलिया , अमेरिको जाने गर्छन् । सरकारी विघालयमा पढेर नेपालमा नै काम गर्नेले राज्यलाई कर तिर्छ, आफ्नो परिवार बिरामी भएको समयमा हेरचाह गर्छ । तर अस्ट्रेलिया , अमेरिका गएका मानिसहरुले न राज्यलाई नै कर तिर्छ न आफ्नो आमाबुबा नै हेर्छ बरु नेपालमा भएको आफ्नो पुर्खौली सम्पत्ति पनि बेचेर लैजान्छ । त्यस्तै गरी सरकारी विघालयमा पढाउने शिक्षकशिक्षिकाहरु रानजितिक दलको झोला बोक्ने , विघालयलाई राम्रो शिक्षा नदिने, जनताले तिरेको करबाट तलबभत्ता खाने र विघालयमा विघार्थीको लागि आएको बजेट पनि भ्रष्टचार गर्ने जस्ता गर्छन् ।

त्यस्तै यता निजी विघालयमा पढाउने शिक्षकशिक्षिकहरुलाई कम तलब दिने तर निजी विघालयमा पढ्ने विघार्थीको अभिभावकसँग पैसा भनी धेरै लिने गर्छन् । यता निजी विघालय तथा कलेजमा पढेका विघार्थीहरु नेपाल बस्न नरुचाउने र सेवासुविधाको खोजीमा विकासित मुलुकतिर लाग्ने गर्छन् । नेपालमा पछिल्लो समय अस्ट्रेलिया, अमेरिका गएका छोराछोरीहरुको अभिभावकहरु आफन्तजनक तथा छिमेकीसामु निकै शान देखाउने गर्छन् । उनीहरु आफ्नो छोराछोरी अस्ट्रेलिया , अमेरिका गएर नेपालको लागि धेरै योगदान गरेको जस्तै गर्छन् । आज ती अभिभावकहरुले आफ्नो छोराछोरीलाई बाहिरी मुलुकमा पढ्नका लागि नपठाएको भए नेपालको अर्थतन्त्र यति नाजुक हुने थिएन होला । पछिल्लो समय अमेरिका ,अस्ट्रेलियामा आफ्नो छोराछोरी भएका आमाबुबाहरु नेपालमा छिमेकी तथा आफन्तसँग मेरो छोराछोरीले अमेरिका , अस्ट्रेलियामा घरगाडि किन्यो आदि भनेरलाई सुनाउने प्रवृद्धि बढिरहेको छ ।

अमेरिका र अस्ट्रेलियाको सरकारले नेपालीहरुले त्यहाँ कमाएको पैसा नेपाल ल्याउन नदिई त्यहँी खर्च गर्न लगाउने तर नेपाली मुद्र्रा भनी सबै लैजाने काम गरिरहेको छ । तर खाडी मुलुकमा गएका मानिसहरुले नेपालमा नै पैसा पठाउँछन् जसले गर्दा नेपालमा खाडी मुलुकमा गएका मानिसहरुको योगदान देखिरहेको छ । अहिले राज्यलाई खाडी मुलुकमा गएका मानिस रेमिट्यान्स पठाएर योगदान गरीरहेको छ । यता कन्सल्टेन्सीहरुले कमिशन खाएर अमेरिका, अस्ट्रेलिया पठाउने गर्छ भने उता खाडी मुलुक पठाउने मिनपावरले पनि जनताहरुलाई ठग्ने गर्छ । अब सरकारले उच्च शिक्षाका लागि जाने भनेर गएका विघार्थीहरुलाई रोक्नुपर्छ ।
यसमा सरकारको ध्यान छिटोभन्दा छिटो जान जरुरी रहेको छ । किनभने सरकारले अबपनि यसरी नेपालको दक्ष जनशक्तिलाई अस्ट्रेलिया , अमेरिका पठाउने हो भनी नेपालमा एउटा पनि दक्ष जनशक्ति रहने छैनन् । अब सरकारले कानूननै बनाएरे यसलाई रोक्नुपर्छ । यसरी शिक्षा हासिल गर्न भनेर गएका विघार्थीहरु त्यहाँ नै आफ्नो परिवार बसाई बस्ने गर्छन् ।

अहिलेसम्म जतिपनि नेपाली विघार्थी तथा नागरिकहरु अमेरिका तथा अस्ट्रेलिया गएका छन् ती सबैलाई राज्य र घरपरिवारले गुमाइरहेका छन् । यसरी नेपाली विघार्थीहरु नेपालको पढाई राम्रो छैन भनेर वर्षोपिछे लार्खौँ विघार्थीहरु बाहिरी मुलुकमा उच्च शिक्षा हासिल गर्न जानु भनेको त नेपालको शिक्षामाथि नै प्रश्न उठ्ने कुरा होइन र । नेपालमा मानिसहरु पढ्दैँ रोजगरी गर्न वा सानो रोजगारी गर्न लाज मान्छन् तर अस्ट्रेलिया र अमेरिकामा गएर भाडा धुन र घर सफा गर्न उनीहरुलाई लाज लाग्ने गर्दैन । यसरी उनीहरु एक पटक अमेरिका, अस्ट्रेलिया गएपछि नेपाललाई बिर्सेने गर्छन् ।

सरकारले अब अमेरिका ,अस्ट्रेलियामा हुने छोराछोरीहरुले आफ्नो अभिभावकको सम्पत्ति लिन नपाइने भनेर कानून कनाउनुपर्छ ।यदि आमाबुबाको सम्पत्ति चाहिन्छ भने नेपालमा नै आएर बस्नुपर्छ भनेर सरकारले कानून बनाउनुपर्छ । जतिका छोराछोरीहरु अस्ट्रेलिया र अमेरिकामा नै बस्छन् उनीहरुको आमाबुबा बितेपछि सरकारले ती चल र अचल सम्पत्तिहरु राष्ट्रियकरण गर्नुपर्छ । सरकारले अब कानून नबनाउने र नेपाली विघार्थीहरुलाई उच्च शिक्षाको नाममा बाहिरी मुलुक पठाउने हो भनी नेपाल अबको केही वर्षमा सिदिँने छ । यसमा सरकार र राजनितिक दलहरुको छिटोभन्दा छिटो ध्यान जान जरुरी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर