अभिनेत्री शिल्पा पोखरेल अभिनित भोजपुरी फिल्म ‘प्रेम गीत’मा शिल्पाको अहिले सम्मकै दमदार अभिनय,हेर्नुहोस भिडियो — OSNepal

अभिनेत्री शिल्पा पोखरेल अभिनित भोजपुरी फिल्म ‘प्रेम गीत’मा शिल्पाको अहिले सम्मकै दमदार अभिनय,हेर्नुहोस भिडियो

LC (KTM) May 12, 2021 0

काठमाडौंँ । अभिनेत्री शिल्पा पोखरेलको अभिनय भोजपुरी फिल्म ‘प्रेमगीत २’ को हालै ट्रेलर सार्वजनिक गरेको छ । ल्ममा शिल्पा भोजपुरी स्टार प्रदीप पाण्डेको जोडी बनेकी छन् ।ट्रेलरमा उनले प्रदीप पाण्डेको जोडी बनेर दमदार अभिनय गरेकी छन् । फिल्मलाई सोनु खत्रीले निर्देशन गरेका हुन् ।

फिल्म पोखरा आसपास छायाँकन गरिएको छ । फिल्ममा प्रदीप र शिल्पाका अलावा अमित शुक्ला, रम्भा सहानी, रोहित सिंह, सिपी भट्ट, रन्जितकुमार शर्मा, रोहित थापालगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ । सोनु खत्रीकै निर्माण रहेको फिल्ममा रत्नाकर कुमार प्रस्तुतकर्ता रहेका छन् ।

हरि घले लामाको छायाँकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व, ओम झाको संगीत, कविराज गहतराज, शिव विक, रिकी गुप्ता, विवेक थापाको कोरियोग्राफी रहेको फिल्ममा एवी मोहनको कथा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर