तारकेश्वर हत्या प्रकरण : दिनेशले श्रीमतीसहित तीन जनाको हत्या गरेपछि आफुले आत्महत्या गरेको आशंका — OSNepal

तारकेश्वर हत्या प्रकरण : दिनेशले श्रीमतीसहित तीन जनाको हत्या गरेपछि आफुले आत्महत्या गरेको आशंका

LC (KTM) August 01, 2022 0

काठमाडौं १६ साउन । काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा उकै परिवारको चार जनाको हत्या भएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ स्थायी ठेगाना भई हाल पदमसाल बस्दै आएका दिनेश पाण्डे सहित उनको चरा जनाको परिवार मृत अवस्थामा भेटिएको हो । जसमा उनकी श्रीमती श्रीमती सुनिता काप्री पाण्डे, छोरा आशिक र छोरी आशिका रहेका छन् ।

प्रहरी प्रवक्ता दिनेशराज मैनालीले दिएको जानकारी अनुसार सुनिता र छोराछोरीको शव एउटा कोठा र दिनेशको शव अर्कै कोठामा भेटिएको छ ।

तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले घटनास्थलको प्रकृति हेर्दा दिनेशले पहिला श्रीमती र छोराछोरीको हत्या गरेपछि आफु आत्महत्या गरेको आंशका गरिएको छ

घटनाको विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ । घटनास्थलमा पुगेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ टोलीका अनुसार घटनामा घरकै भान्साको चक्कु प्रयोग भएको पाइएको छ ।

उक्त परिवारमा पारिवारिक झगडा हुने गरेको र तीन पटकसम्म वालाजु बृत्त प्रहरी पुगेर मेलमिलापमा गरेको पनि खुल्न आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर