संसदबाट नागरिकता ऐन पारित भएपछि सकारात्मक भएको लोसपालाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारी — OSNepal

संसदबाट नागरिकता ऐन पारित भएपछि सकारात्मक भएको लोसपालाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारी

LC (KTM) August 02, 2022 0

काठमाडौं १७ साउन । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० लाई सरकारमा सहभागी गराउने तयारी भइरहेको छ ।

संसदबाट नागरिकता ऐन पारित गराएपछि सरकारमा जान सकारात्मक भएको लोसपालाई सरकारमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गरेका हुन् ।

सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति बनेको बुझिएको छ । सरकारमा जाने तयारी भइरहेको अवस्थामा लोसपाले उठाएको मुख्य मुद्धा नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुने चरणमा रहेकाले आजै सरकारमा सहभागी हुन्छ भनेर भन्न नसकिने बुझिएको छ ।

साथै, फिर्ता लिन सकिने मुद्धाहरुका विषयमा समेत प्रधानमन्त्रीसँग छलफल भइरहेको निकट स्रोतको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर