त्रिसरामा बलिउड अभिनेता राणेसँग फोटो खिच्न नेपाली युवतीहरूको हानथाप र रुवाबासी — OSNepal

त्रिसरामा बलिउड अभिनेता राणेसँग फोटो खिच्न नेपाली युवतीहरूको हानथाप र रुवाबासी

LC (KTM) August 02, 2022 0

काठमाडौं । बलिउड अभिनेता हर्षवर्धन राणे यतिखेर नेपालमा छन् । आफ्नो एक साथीको रिसेप्सनमा सहभागी हुन उनी नेपाल आएका हुन् ।उनी आफु नेपाल आएको कुरा सामाजिक संजाल मार्फत जानकारी गराएका थिए । उनी कीर्तिपुरमा पुगेपछि उनीसँग फोटो खिच्नेको लर्को नै लागेको थियो ।

उनले ‘मिट एन्ड ग्रिट’ भन्दै सोमबार आफू लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा जान लागेको जानकारी फ्यानलाई गराए । खबर पाउने वित्तिकै उनलाई भेट्न युवतीहरू टाढा–टाढाबाट बाटैदेखि टिकटक भिडियो बनाउँदै पुगेका थिए । कति त उनलाई देखेपछि रोकएका थिए ।

राणे त्रिसरा पुग्नुअघि नै उनका फ्यानहरू त्यहाँ पुगिसकेका थिए । उनी गाडीबाट झरेदेखि फोटो र सेल्फी खिच्नेको घुइँचो थियो । केही युवतीहरू उनलाई देख्नासाथ गल्र्याम्म अङ्गालो हाल्दै रोए ।
तस्बिर खिचाउँदा र अङ्कमाल गर्दा पनि युवतीहरूलाई राणेले हात नलगाएको भन्दै फ्यानले उनको प्रशंसा गरेका छन् ।२०१६ मा रिलिज भएको चलचित्र ‘सनम तेरी कसम’ बाट उनले बलिउडमा इन्ट्री गरेका थिए । उनले तेलेगु फिल्ममा पनि अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर