ललितपुर मेयर चिरिबाबु आईजीपी धिरजप्रतापसँग जंगिए - हामीले गरेको निर्णय कार्यान्वयन गर्न नदिने को हो प्रहरी ? — OSNepal

ललितपुर मेयर चिरिबाबु आईजीपी धिरजप्रतापसँग जंगिए – हामीले गरेको निर्णय कार्यान्वयन गर्न नदिने को हो प्रहरी ?

LC (KTM) August 02, 2022 0

काठमाडौं १७ साउन । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसँग आक्रोश पोखेका छन् ।

महानगरपालिकाले बनाएको वान वे (एकतर्फी सडक) सडक प्रहरी महानिरीरक्षक सिंहकै नेतृत्वमा हटाइएको भन्दै मेयर मर्हजनले आक्रोश पोखेका हुन् ।

‘८–९ स्थानमा एकतर्फी गर्दा प्रहरी चुइक्क नबोल्ने भन्दै मर्हजनले कार्यान्वयन गरेपछि बोर्ड हटाउने, वान वे बिगार्ने जस्ता काम गर्ने रु भन्दै आईजीसँग फोनमार्फत आक्रोश पोखेका हुन् ।

आफूहरुले गरेको निर्णयमा कुनै समस्या भए छलफल गर्न आग्रह गरेका मेयरले महानगरको काममा अनावश्यक रुपमा डिस्टर्ब नगर्न आईजीलाई भनेका हुन् ।

फोनमा आइजीपीसँग मेयरले भने , ‘हाम्रो कैफियत छ भने हामीलाई भने हुन्छ, विना सल्लाह, छलफल नगरी हामीले गरेको निर्णय कार्यान्वयन गर्न नदिने को हो प्रहरी ? अबदेखि हाम्रो काममा डिस्टर्ब नगर्नुस भनेका उनले भने, ‘कि तपाईँ वैठक बोलाउनुस् नत्र मैले बोलाएको वैठक आउनुस’

लितपुर महानगरपालिकाले जाउलाखेल भनिमण्डल क्षेत्रमा सडकलाई वान वे बनाएकोमा प्रहरीले त्यसलाई हटाएपछि मेयर महर्जन आक्रोशित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर