लन्डनबाट दिपक थापा मैथाने मगरले ल्याए ‘मेरी आमा’ — OSNepal

लन्डनबाट दिपक थापा मैथाने मगरले ल्याए ‘मेरी आमा’

LC (KTM) August 02, 2022 0

काठमाडौँ । लन्डनका एक उदयीमान कलाकार तथा मोडल दिपक थापा मैथाने मगरले ‘मेरी आमा’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । आफ्ना सन्तानको लागि आफ्ना सम्पूर्ण रहर, सपना र खुशी त्याग्न सक्छिन् आमा ।

आफ्ना सन्तानको खुशीका लागि आफू बांचुन्जेल हांसी हांसी दुःखको भारी बोक्न सक्छिन् आमा । पहिलो पाठशाला, गुरु, देउता र पूजा पनि आमा नै हुन् भन्ने सन्देशसहित सबै महान आमाप्रति समर्पित छ गीत ।

दिपक आफैंले लेखेका हुन् उक्त गीत । स्वर नेपाल आइडल सिजन ४ विजेता भूपेन्द्र थापा मगरले दिएका छन् भने कम्पोज मिक्सिङ राजकुमार बगर र एरेन्जर राजु कार्की छन् । मैथाने इन्टरटेनमेन्टको प्रस्तुति उक्त म्यूजिक भिडियोमा दिपक मैथाने, चमेली थापा र पारु थापाको अभिनय छ । सार्वजनिक गीतको निर्देशन छायांकन र सम्पादन संचारकर्मी समेत रहेका अनुभवी निर्देशक कुशल श्रेष्ठले गरेका हुन् ।

‘मेरी आमा’ का निर्देशक श्रेष्ठले नेपालमा रहेकी दीपककी आमाको श्रव्यदृश्य र लन्डनमा बांकी छायांकन एवं निर्देशन केही चुनौतिपूर्ण भएपनि ‘टिम वर्क’ ले सहज भएको बताए । च्यारिटी काममा समेत सक्रिय दीपकको चर्चित मोडल तथा डान्सर रिना थापामगरसंग खेलेको ‘चुल्ठी हल्लाउंदै’ म्यूजिक भिडियो पनि रिलिजको तयारीमा छ । गत वर्ष पनि उनले आफ्नो जन्मदिनकै अवसरमा एक म्यूजिक भिडियो सार्वजनिक गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *