आकाश श्रेष्ठको हिँड्दा हिँड्दै’ को प्रदर्शन मिति घोषणा — OSNepal

आकाश श्रेष्ठको हिँड्दा हिँड्दै’ को प्रदर्शन मिति घोषणा

LC (KTM) August 03, 2022 0

काठमाडौं:

चलचित्र ‘हिँड्दा हिँड्दै’ को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार यो फिल्मको फस्र्टलुक ९पोस्टर० सञ्चारकर्मीबीच सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो । चलचित्रलाई आगामी २० माघबाट देशव्यापी रिलिज गर्ने निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रलाई मिलन आले मगरको निर्देशनमा सुशील पंगेनीले निर्माण गरेका हुन् । राजधानि दैनिकमा खबर छ । सोमबार रिलिज गरिएको फस्ट लुक्समा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री रेखा शाहलाई प्रस्तुत गरिएको छ ।

रेखा यही चलचित्रबाट डेब्यु गर्दैछिन् । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा बिमल श्रेष्ठको प्रस्तुति रहेको यो चलचित्रको अन्य कलाकारमा सलोन बस्नेत, सानीया खान, बिमल श्रेष्ठ, बिशाल श्रेष्ठ, बिकास थापा मगर, ममता पौडेल र बालकलाकार अर्विन थिङ्ग रहेका छन् ।

राजकुमार थिङ निर्माता रहेको फिल्मलाई लीलामान तण्डुकारले खिचेका हुन् । चलचित्रमा तारा प्रकाश लिम्बू र किरण माइकल घिमीरेको संगीत, कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, देव महर्जनको द्धन्द्ध निर्देशन र नवीन निरौलाको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर