सप्तकोशीको पानी उदयपुरको डुम्रीबोट बस्तीमा पस्यो , ५ मानवीय बस्ती उच्च जोखिममा — OSNepal

सप्तकोशीको पानी उदयपुरको डुम्रीबोट बस्तीमा पस्यो , ५ मानवीय बस्ती उच्च जोखिममा

LC (KTM) August 03, 2022 0

उदयपुर १८ साउन । केहि दिन देखि आएको अविरल वर्षाका कारण सप्तकोशीको पानीको बहाब उच्च भइ बाँध फुटेको छ । बाँध फुटेर बाढी पश्चिमतर्फ पसेसँगै ५ वटा भन्दा बढी मानवीय बस्ती उच्च जोखिममा परेका छन् ।

जिल्लाको बेलका नगरपालिका – २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका – ५ डुबानमा परेका छन्। सो क्षेत्रका स्थानीयलाई बस्ती छोड्न प्रहरीले माइकिङ गरेको छ । बुधबार बिहान करिब ४ बजेतिर बाँध फुटेको हो ।

अहिले उक्त बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिनुको साथै बाढीको फ्लो कम गराउन कोशी ब्यारेजका ३२ ढोका खोलिएको छ ।

उदयपुरको बेलका नगरपालिका – ८ लाहुरे खोच डुम्रीबोटमा कोसीको बाँध फुटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर