कर्णाली प्रदेशमा दुई मन्त्रीले राजीनामा दिएसँगै थप तिन मन्त्री थपिँदै — OSNepal

कर्णाली प्रदेशमा दुई मन्त्रीले राजीनामा दिएसँगै थप तिन मन्त्री थपिँदै

LC (KTM) May 12, 2021 0

सुर्खेत २९ बैशाख । कर्णाली प्रदेशमा दूई मन्त्रीले राजीनामा दिने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेपछि दुई मन्त्रीले राजीनामा दिने भएका हुन् भने थप तिन जना नयाँ मन्त्री नियुक्त हुने भएका छन् ।

नयाँ मन्त्री नियुत्ती हुनेमा आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा मन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई नियुक्ति गर्न मुख्यमन्त्री शाहीले सिफारिस गरेको बुझिएको छ । स्रोतका अनुसार आजै नयाँ मन्त्रीले सपथ लिने पनि बुझिएको छ ।

त्यस्तैगरी, तत्कालिन् आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सामाजिक विकास मन्त्री विमला केसीले राजीनामा दिने सहमति भएको स्रोतले जनाएको छ ।आज बसेको मन्त्रिपरिषदको बैठकले भौतिक पूर्वाधार मन्त्रालय फुटाएर अलग्गै जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाउने निर्णय गरेको पनि बुझिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर