नालायक सरकार राजीनामा दे भन्दै अनेरास्ववियुको प्रदर्शन — OSNepal

नालायक सरकार राजीनामा दे भन्दै अनेरास्ववियुको प्रदर्शन

LC (KTM) August 03, 2022 0

काठमाडौं १८ साउन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे नेपालमा भने मुल्यमा कुनै हेरफेर नभएपछि नेकपा एमालेका कार्यकर्ताहरुले विरोध प्रर्दशन गरेका छन् ।

अनेरास्ववियु उपत्यका विशेष कमिटीको आयोजनामा आज बुधबार बिहान नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडी सरकार विरुद्ध प्रर्दशन गरिएको हो ।

विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गर्दै नारावाजी गरिएको थियो ।

पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको अन्तर्राष्ट्रिय बजार मूल्य घटेकाले त्यस अनुसार समायोजन गर्नु पर्ने माग गर्दैअनेरास्ववियुले विरोध प्रर्दशन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर