श्रीलंका टापुका रहेका सर्वसाधारणले भने - हामीहरु सुरक्षित छौं,अहिले नै उद्धार जरुरी छैन — OSNepal

श्रीलंका टापुका रहेका सर्वसाधारणले भने – हामीहरु सुरक्षित छौं,अहिले नै उद्धार जरुरी छैन

LC (KTM) August 03, 2022 0

काठमाडौं १८ साउन । सप्तकोशीको बाँध फुटेर चारैतिरबाट घेरिएका श्रीलंका टापुका सर्वसाधारणले आफूहरु सुरक्षित रहेको जानकारी दिएका छन् ।

बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ श्रीलंका टापुको चारैतिरबाट सप्तकोशीको पानीले घेरिएको भएपछि त्यहाँ रहेका सर्वसाधरणले भने अहिले नै उद्धार जरुरी नरहेको जानकारी दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

नगरपालिका ६ र ९ मा ५०० घरधुरीका २५ सय जनसंख्या रहेका उनीहरुले आफुहरु सुरक्षित रहेको बताएको यादवले बताए ।

यस स्थानमा आवश्यक औषधि, खाद्यान्न जस्ता अत्यावश्यक वस्तु अभाव हुने पनि उनले बताए ।

यसैगरी , उदयपुरको बेलका नगरपालिकाका १, २, ३, ८ र ९ का बासिन्दा पनि डुवानको जोखिममा रहेकाले उनीहरुलाई रबर बोटबाट उद्धार गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर