गायिका रेखा शाहको तीज गीत 'छमछम पातली कम्मर'मा नायिका नीता ढुंगानाको बेजोड नृत्य — OSNepal

गायिका रेखा शाहको तीज गीत ‘छमछम पातली कम्मर’मा नायिका नीता ढुंगानाको बेजोड नृत्य

LC (KTM) August 05, 2022 0

काठमाडौं :

गायिका रेखा शाहले तीज गीत ‘छमछम पातली कम्मर’ सार्वजनिक भउको छ । सार्वजनिक गीतमा टेकेन्द्र नेपाली र मनोज नेपालीको शब्द अनि टेकेन्द्र नेपालीको संगीत रहेको छ भने पुष्कर खत्रीले संगीत संयोजन गरेका छन्।

फाइन ट्युन रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको सो गीतको म्युजिक भिडियोमा चर्चित अभिनेत्री नीता ढुंगानासँगै गायिका शाहले अभिनय गरेकी छिन्। रेखा शाह फाउन्डेसनको व्यानरमा निर्माण भएको गीतको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन र कोरियोग्राफी गरेकी छिन्।

रूपेश थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन रहेको गीतमा नायिका नीता ढुंगानाले कम्मर मर्काएकी छन् । सिमसिमे पानीमा जस्तो कालजयी लोकगीतकी सर्जक गायिका रेखा शाहका यसअघि पनि तीज गीतहरू सार्वजनिक भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर