पूर्वमन्त्री बस्नेतको पहलमा सिन्धुपाल्चोकमा निशुल्क १०० शय्याको कोरोना केन्द्र सञ्चालन गर्ने घोषणा — OSNepal

पूर्वमन्त्री बस्नेतको पहलमा सिन्धुपाल्चोकमा निशुल्क १०० शय्याको कोरोना केन्द्र सञ्चालन गर्ने घोषणा

LC (KTM) May 12, 2021 0

काठमाडौँ, २९ वैशाख- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा १०० शय्याको निःशुल्क कोभिड–१९ सेवा केन्द्र स्थापना गरिने घोषणा गर्नुभएको छ । जिल्लाका समाजसेवी, बुद्धिजीवी, व्यवसायी र केही स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरी एक महिना भित्र नै सेवा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सेवा केन्द्रमा अक्सिजन र भेन्टिलेटरको व्यवस्था हुने छ । निकट भविष्यमा पिसिआर मेसिन पनि राखिने छ । भविष्यमा कोभिड–१९ रोग नियन्त्रणमा आएपछि यो केन्द्र सरुवा रोग नियन्त्रण केन्द्रका रूपमा रूपान्तरण हुने छ । विस्तृत जानकारी कामको स्थलगत प्रक्रिया शुरु भएपछि गराउने छु ।”पूर्वमन्त्री बस्नेतले आफूसँग भएको एउटा गाडी (जीप)बाट सिन्धुपाल्चोकमा कोडिड–१९ या अन्य रोग लागेका बिरामीलाई अस्पताल पु¥याउन दिने निर्णय गर्नुभएको छ । गाडी आफूले फिर्ता नलिने गरी प्रदान गरिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार बिरामीले कुनै पनि सेवा शुल्क तिर्नु पर्दैन । एउटा सञ्चालक समिति बनाएर सबै व्यवस्था गरिने छ । कोभिड–१९ संक्रमितहरु अस्पतालमा शय्या, अक्सिजन, भेन्टिलेटर, पर्याप्त विज्ञ र स्वास्थ्यकर्मी नपाएर मृत्युवरण गर्न बाध्य भएका परिस्थितिमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै उहाँले जनस्तरबाट पनि केही गर्नुपर्ने सोच राखी आफूले सो कार्य गर्न लागेको जनाउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर