चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रती हाम्रो विरोध छ : प्रचण्ड — OSNepal

चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रती हाम्रो विरोध छ : प्रचण्ड

LC (KTM) August 05, 2022 0

काठमाडौं २० साउन । नेकपा माओवादी केन्द्रले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रती आफ्नो गम्भीर ध्यानाकषर्ण भएको बताएको छ ।

आफ्नो देश नेपाल र आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नितिप्रती प्रष्ट रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रती हाम्रो विरोध रहन्छ। पार्टी सचिवालयले भनेको छ ।

सचिवालयले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नितिप्रती प्रष्ट छ। चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रती हाम्रो विरोध रहन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर