पश्चिम बङ्गालकी मुख्यमन्त्रीद्वारा प्रधानमन्त्री मोदीसँग भेटवार्ता — OSNepal

पश्चिम बङ्गालकी मुख्यमन्त्रीद्वारा प्रधानमन्त्री मोदीसँग भेटवार्ता

LC (KTM) August 05, 2022 0

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।प्रधानमन्त्री निवासमा भएको भेटवार्ताका क्रममा उहाँहरूबीच बस्तु तथा सेवा करका बारेमा छलफल भएको अधिकारीहरूले जनाएका छन् ।चार दिने दिल्ली बसाइका क्रममा मुख्यमन्त्री बेनर्जीले राष्ट्रपति द्रोपदी मुर्मुसँग पनि भेटवार्ता गर्नुभएको छ ।

उहाँले नीति आयोग सञ्चालक परिषद्को बैठकमा सहभागी हुने सम्भावना पनि रहेको छ । प्रधानमन्त्रीले अध्यक्षता गर्ने आयोगको अघिल्लो बर्षको बैठकमा भने उहाँले सहभागिता जनाउनुभएको थिएन । त्रिमुल काँग्रेस पार्टीकी प्रमुख समेत रहनुभएकी बेनर्जीले बिहीबार आफ्नो पार्टीबाट संघीय संसदमा निर्वाचित नेताहरुसँग बैठक गर्नुभएको थियो ।

आफ्नो पार्टीका सांसदहरूसँग उहाँले संसदमा सांसद्हरुले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गर्नुभएको जनाइएको छ ।त्यसैगरी आगामी सन् २०२४ मा हुने लोकसभा निर्वाचनको तयारी र रणनीतिका बारेमा पनि कुराकानी भएको सांसदहरुले जानकारी दिएका छन् ।
दिल्लीमा रहेका बेला उहाँले अन्य उच्च पदस्थ अधिकारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग पनि छलफल गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर