भाईसँग स्कुल जाने क्रममा ७ वर्षकी दिदी पूजाको भएको थियो अपहरण, ९ वर्षपछि बल्ल फेला परिन् पूजा — OSNepal

भाईसँग स्कुल जाने क्रममा ७ वर्षकी दिदी पूजाको भएको थियो अपहरण, ९ वर्षपछि बल्ल फेला परिन् पूजा

LC (KTM) August 06, 2022 0

काठमाडौं । ९ वर्ष अघि स्कुल जाने क्रममा अपहरणमा परेकी७ वर्षे एक बालिका फेला परेकी छिन् ।

खबर हो मुम्बईको अंधेरी वेस्ट इलाकाको । सन् २०१३, जनवरी महिनाको २२ तारिखमा विद्यालय जाने क्रममा ७ वर्षीया पुजा गौड आफ्नो भाइसँग २२ जनवरी २०१३ मा विद्यालय जाँदै गर्दा अपहरणमा परिन् ।

पूजा र उनका भाइबीच पकेटमनीलाई लिएर झगडा भयो र उनी पछाडि परे लगत्तै सन्तानविहिन जोसेफ डिसुजाले उनलाई अपहरण गरेर घरमा लगे ।

पूजालाई विद्यालय नजिकै घुमिरहेको देखेर उनले एक्कासी घरमा पुर्याए र प्रहरीले ति बालिकाको खोजी गरिरहेका कारण समस्या पर्ने भन्दै पूजालाई कर्नाटकको रायचुरमा होस्टेलमा भर्ना गरेर राखे । २०१६ मा डिसुजा र सोनीको बच्चाको जन्म भयो।

दुई सन्तानको खर्च धान्न गाह्रो भएपछि डिसुजाले पूजालाई कर्नाटकबाट फिर्ता बोलाएर घरमा काम गर्नेका रुपमा हेर्न थाले । तर उनीहरुको अन्याय र अत्याचारको दायरा बढ्दै गएपछि एक दिन पूजाले उनीहरु आफनो बाबु आमा नभएको रहस्य थाहा पाइन् र त्यहाँबाट भाग्ने निर्णयमा पुगिन् ।

पूजाले ७ महिनादेखि बच्चा हेर्ने काम गरिरहेको देखेर हाउसहेल्पले बालिकाको नाम, मिसिङ र डिसुजाको नाम प्रविष्ट गरेर गुगलमा सर्च गर्दा पूजा नै भएको थाहा पाएर पूजाकी आमा र प्रहरीलाई एकसाथ खबर गरे ।

तत्कालै उनको परिवारसँग त्यही रात भेट भयो । प्रहरीले डिसुजा दम्पतीविरुद्ध अपहरण, मानव बेचबिखन, अवैध श्रम लगायतका विभिन्न धारामा मुद्दा दर्ता गरेको छ । प्रहरीले हाल १६ वर्षीया पूजाको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

उनलाई बाल कल्याण समितिमा पेश गरी परिवारको जिम्मा लगाइनेछ । त्यहाँ पूजालाई कहाँ राखिएको थियो भन्ने यकिन जानकारी पाउनका लागि प्रहरीले एउटा टोली कर्नाटक पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर