‘तिमी बिना प्रियतम’ को भिडियो ल्याइन् चर्चित गायिका एलिना चौहानले, चर्चा सुरु — OSNepal

‘तिमी बिना प्रियतम’ को भिडियो ल्याइन् चर्चित गायिका एलिना चौहानले, चर्चा सुरु

LC (KTM) May 12, 2021 0

काठमाडौँ । पछिल्लो समयकी सर्वाधिक लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत तिमी बिना प्रियतमका म्युजिक भिडियो सार्वजनिक भएको छ।
बेलायतमा बसेर गीत गजल लेखनको क्षेत्रमा सक्रिय नृपेश उप्रेतीको शब्द र मेलोडी रहेको यस गीतका एरेन्जर पुरुषोत्तम सुबेदी हुन्। गायिका एलिना चौहान र गीतकार नृपेश उप्रेतीको सहकार्यमा यस अघि आएका गीतहरू पनि श्रोता दर्शकहरूले अत्याधिक मन पराएका थिए।

एलिना र नृपेशको सहकार्यमा यस अघि “बरिलै” (फिमेल भर्सन) “तिम्रो खुशीमा” र “कोशेली” जस्ता लोकप्रिय गीतहरू बजारमा आएका थिए। प्रेम र समर्पण भावको यो गीत आफूले पछिल्लो समय गाएका गीतहरू भन्दा अलि फरक र गीतका हरेक हरफहरूमा मनछुने शब्दहरू भएकोले श्रोता दर्शकहरूले मन पराउनेमा एलिमा आशावादी छिन्। शब्द लेखन र मेलोडी सृजनामा मेहनत गरिएकोले पनि “तिमी बिना प्रियतम” गीतलाई श्रोता तथा दर्शकहरूको माया मिल्ने कुरामा गीतकार उप्रेती पनि आशावादी छन्।

फरक शैलीको यस गीतको म्युजिक भिडियोमा स्वयं एलिना नै गीत गाउँदै गरेको देख्न सकिन्छ। रातको मनोरम माहौल र काठमाडौं कलाकृतीको माझमा वाद्यवाधकहरूको साथमा एलिनालाई प्रस्तुत गरिएको छ। खुशी इन्टरटेनमेन्टको प्रस्तुति “तिमी बिना प्रियतम”को म्युजिक भिडियो ह्वाइट मिडिया प्राली ले निर्माण गरेको हो भने निर्देशन प्रबिन थापाले गरेका हुन्। भिडियोलाई सम्पादन र कलर शक्ति प्रज्वल घिमिरेले गरेका हुन। त्यसैगरी छायांकन बिरेन्द्र भट्टले गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर