'सायरा’ मार्फत फिल्ममा कमब्याक गर्दै आर्यन सिग्देल, नेपाल र अस्ट्रेलियामा छायांकन हुने — OSNepal

‘सायरा’ मार्फत फिल्ममा कमब्याक गर्दै आर्यन सिग्देल, नेपाल र अस्ट्रेलियामा छायांकन हुने

LC (KTM) August 08, 2022 0

काठमाडौं । अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । उनी फिल्म ‘सायरा’ मार्फत कम ब्याकको तयारीमा छन् । डीबीआर मिडिया एण्ड मुभिजले निर्माण गर्न लागेको ‘सायरा’मा उनी जोडिएका हुन् ।

उनले कथावस्तु मन परेका कारण आफु फिल्ममा काम गर्न लागेको बताए । रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सामाजिक र प्रेम सम्बन्धको कथावस्तुमा निर्माण हुने जनाइएको छ । दशैं र तिहार छेकोमा सुटिङ तयारी भएको उनले बताए ।‘

फिल्म असोजदेखि नेपाल र अस्ट्रेलियामा छायांकन सुरु हुने छ । भारतीय निर्देशक रहने फिल्मको कथा रघुले नै लेखेका हुन् । कथावस्तुअनुसार नै डायस्पोरामा छायांकन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर